२२ मंसिर काठमाडौं । यातायात व्यवस्था विभागले ४८० वटा सवारी चालक अनुमतिपत्र छापेको जनाएको छ। सोमबार विभागले आफ्नो आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत यो जानकारी सार्वजनिक गरेको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स प्रिन्टर मेसिन र सर्भर क्षतिग्रस्त भएपछि एक महिनादेखि सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छापिँदै आएको विभागले जनाएको छ। सर्भर बिग्रिएसँगै एसएमएसमार्फत लाइसेन्सबारे जानकारी दिने स्वचालित प्रणाली अवरुद्ध भएकाले अहिले फेसबुकबाट सूचना दिइँदै छ। विभागका अनुसार अत्यावश्यक सेवाका लागि भौतिक वा अनलाइन फारम भरेपछि मात्रै हाल लाइसेन्स छाप्ने कार्य भइरहेकाे छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend