२२ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरको चुन्नेपाखा टोलमा प्रहरीले अवैध रुपमा राखिएको ठूलो परिमाणको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेपलान्चोक–नमोबुद्ध–९ का ३४ वर्षीय सरोज श्रेष्ठको कोठाबाट ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ बरामद गरेको हो। हुन्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा कालिमाटी प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको र अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend