डा डिआर उपाध्याय,
प्रगाढ प्रेम बन्धनमा बाँधिएका युगल
सुखद दाम्पत्यमा रमाएका दम्पती
सामान्य हर्कतले उब्जिएको
शंकाको आवेग थपिंदा
विकृत हुन्छ प्रतिमती
निम्त्याउँछ
आफ्नै मायालुको हत्या गर्ने
दुर्भाग्यशाली पल
आजकल
आधुनिक खुल्ला समाजम
केटाकेटी तरूनी तन्नेरी बीचका
अन्तरंग गफगाफलाइ
भनिन्छ
युग सुहाउँदो
सामाजिक विकासको तीव्र गति
तर विडम्बना
केही प्रेमी जोडि यस कथनप्रती
राख्छन घोर विमती
चाहन्छन एकाधिकार
आफ्ना प्रिय प्रेयसीको प्यारमा
गर्दैनन आत्मसात
उनको अरुसंग प्रत्यक्ष अप्रत्यक्ष हिलमिल
आभाष मात्र हुँदा
हत्याहिंसाका रुपमा फल्न फुल्न पुग्छ
शंका आवेगका विषालु फल
निम्त्याउँछ
आफ्नै मायालुको हत्या गर्ने
दुर्भाग्यशाली पल!!
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend