२० काठमाडौँ, मंसिर । बजार अनुगमनलाई कडा बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ–ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ। काठमाडौँ महानगरपालिका–१७ नयाँबजारस्थित ओम साइलाई उपभोक्ता संरक्षण ऐन अनुसार १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै पशुपति जिपर हाउस, जेएन माउण्टेन गियर, सजिन एग्रो प्याकेजिङ उद्योग, शक्ति फुड प्रालि, सुप्रिम इण्डस्ट्रिज, श्री रत्न रोलिङ मिल्स र बिरा फर्निचरलाई सामान्य निर्देशन दिइएको छ।
सुप्रिम इण्डस्ट्रिजलाई भने व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ। आवश्यक कागजात नपाइएको कारण थप कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend