बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शेयर बजारबारे पूर्व अनुमान गर्नेलाई कारबाही गर्ने धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा प्राबधान

शेयर बजारबारे पूर्व अनुमान गर्नेलाई कारबाही गर्ने धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा प्राबधान

१६ पुष ,काठमाडौं । अहिले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संसदको अर्थ समितिमा छ । गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथि भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।

त्यस्तै, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी विधेयकमा २८ सांसदले ९६ संशोधन प्रस्ताव दर्ता गराएका छन् । भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथि १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रूपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावित उक्त विधेयकमा शेयर बजारबारे पूर्व अनुमान बनाउने वा प्रकाशित गर्नेलाई कारबाही गर्ने उल्लेख छ । उक्त विधेयकको परिच्छेद–९ को ९६ मा भनिएको छ, ‘कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछ ।’

त्यस्तै,कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने काम गरेमा बजारलाई प्रभावित गरेको मानिने विधेयकमा उल्लेख छ । यस्ता कुनै काम गर्नेलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।

 धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजायको प्राबधान यस्तो छ-

                                     

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend