बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

श्रीबज्र बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न

श्रीबज्र बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न

१५ पुष ,काठमाडौं । श्रीबज्र बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सुजित पौडेलको सभापतित्व र स्वर्णयुग साकोसका अध्यक्ष ऋषि बुढाथोकीको प्रमुख आतिथ्यमा सोमबार महाराजगन्ज , काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

साधारणसभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष पौडेलद्वारा प्रस्तुत गरिएको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको हो। त्यससँगै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि सभाबाट पारित भए।

सभामा अध्यक्ष पौडेलले समीक्षा आर्थिक वर्षमा संस्थाको शेयर पूँजी रु.८० लाख र कूल वासलात रु. ९ करोड रहेको जानकारी दिए। उनले संस्थाको वित्तीय अवस्था राम्रो रहेको र खराब सदस्य र ऋण कटौती गर्दै सानो र राम्रो संस्था निर्माण गर्ने दिशामा काम गरिरहेको बताए ।

टोखा नगरपालिका-१०, सामाखुशीमा मुख्य कार्यालय रहेको श्रीबज्र सहकारीको बुढानिलकण्ठ-८, गोल्फुटारमा  शाखा कार्यालय रहेको छ।    संस्थाकी गोल्फुटार शाखा प्रमुख अनिता अर्यालद्वारा  संयोजन तथा संचालन गरिएको १७औं साधारणसभामा उत्कृष्ट कर्मचारी तथा सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend