१४ ,पुष, काठमाडौं ।नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ ।
शनिवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य संघ बस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल र नेपाल फर्निचर तथा फर्निसिङ्ग महासंघका अध्यक्ष युवराज पौडेल विशेष अतिथीको रुपमा रहनु भएको थियो।
अध्यक्षमा मनिष अग्रवाल र महासचिवमा केदारनाथ बस्ताकोटी निर्वाचित हुनुभएको छ ।
सो अधिवेशनबाट मनिष अग्रवालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन।
त्यसैगरी,अधिवेशनले बरिष्ठ उपाध्यक्षमा संजय लामा, प्रथम उपाध्यक्षमा रमिता कसजु श्रेष्ठ,द्वितिय उपाध्यक्षमा दिल बिक्रम श्रेष्ठ,महासचिवमा केदार नाथ बस्ताकोटी,कोषाध्यक्षमा मुकेश अग्रवाल,सचिवमा टेक बहादुर कार्क र सह(कोषाध्यक्षमा ऋषि किशोर अग्रवाल निर्वाचित भएका छन। त्यस्तै सदस्यहरुमा सम्यक मान सिंह,राजेन्द्र कुमार शर्मा,निकुंज अग्रवाल,सरद चापागाई, गायत्री भट्टराई,प्रेम प्रसाद पौडेल,अभिषेक शारदा,अंकित लोहिया,राजकुमार श्रेष्ठ निर्वाचित भएका छन।
निर्वाचित सम्पुर्ण कार्यसमितिको कार्य अवधी २ बर्षको रहने महासचिव बस्ताकोटिले जानकारी दिनुभयो।
कार्यक्रममा महासंघका पधाधिकारी, अन्य जिल्ला संघका अध्यक्षहरु,फर्निचर तथा फर्निसिङ्ग व्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend