१४ पुष , काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको भौतिक पूर्वाधारदेखि अरू कमि कमजोरीहरूलाई सुधार गर्दै शिक्षाको मन्दिरको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
शनिबार त्रिविको ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनले त्रिभुवन विश्वविद्यालयले स्थापना कालदेखि नै गर्दै आएको योगदानका लागि धन्यवाद ज्ञापन गरे।
‘त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन,आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौं,’ उनले भने, ‘एउटा कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले त्रिविलाई शिक्षाको मन्दिरको रूपमा अघि बढाउनुपर्ने पनि बताए,’जसरी हामी मन्दिरमा जाँदा एउटा भाव प्रकट गर्दछौँ, विद्यालय, विश्वविद्यालय, महाविद्यालयमा पुग्दा त्यो भाव हुनुपर्छ । हाम्रो समाज सभ्य समाज हो।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend