११ पुष , काठमाडौं । गरिमा विकास बैंक कोष प्रवर्दक तथा गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई पुष ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हो।
निष्कासन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिने छ ।
सो फण्डको इकाईका लागि आज बैंकिङ समयसम्म न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। फण्डको समयावधि १० वर्षको रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend