बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ।

यस कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका भएर बहने छन्दी खोलामा छल्दीखोला साना जलविद्युत आयोजना (२ मेगावाट) निर्माण गरी २०७२ साल चैत्र १३ गतेदेखि र यसै खोलाको माथिल्लो भागमा माथिल्लो छल्दीखोला साना जलविद्युत आयोजना (४ मेगावाट। निर्माण सम्पन्न गरी २०७८ साल मंसिर २४ गतेबाट व्यापारीक उत्पादन थालनी गरी राष्ट्रिय प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणलाई बिक्री वितरण गर्दै आएको छ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हाल जम्मा ६ मेगाबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणलाई बिक्री वितरण गरिरहेको छ।

समीक्षा आर्थिक वर्षमा शेयर पूँजी रु.३८,६९,७७,५००/- रहेको कम्पनीले यश वर्ष लाभांश प्रस्ताव गरेको छैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend