बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

लमजुङ । लमजुङ जिल्लाको शाैभाग्याेदय नमुना माध्यमिक विद्यालयलाई साेही स्कुलका पुर्व विद्यार्थी महेन्द्र बहादुर खनालले माता-पिताकाे नाममा रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एघार) स्कुलकाे अक्षयकाेषकाे लागि सहयोग प्रदान गरेका छन् । जिल्लाको राईनास नगरपालिका-४ अल्काटारस्थित सो विद्यालयको यही मंसिर २ गते मनाइएको ५७ओैं वार्षिकोत्सवकाे अवसरमा आयाेजित विशेष समारोहमा खनालले उक्त सहयोग गरेका हुन।

उक्त अवसरमा खनालले आगामी दिनमा पनि शौभाग्योदय नमुना विद्यालयलाई आर्थिक , भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाउदै विद्यार्थीलाई नयाँ ढंगबाट अध्ययन गराई स्वदेशमा राेजगार पाउन सक्ने खालकाे शिक्षा प्रदान गर्न सबैले काम गर्नुपर्ने बताए। उनले शिक्षा क्षेत्रमा राजनीतिक गतिविधि नगर्न दलहरुलाई आग्रह पनि गरे।

५७ओैं वार्षिकोत्सवकाे अवसरमा आयाेजित विशेष समारोहको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा•टक राज गुरूङले द्विप प्रज्वलन गरी उदघाटन गरेका थिए । कार्यक्रममा राइनास नगरपालिकाकाे नगर प्रमुख खड्ग बहादुर गुरूङ लगायत राष्ट्रिय नागरिक समाजका केन्द्रीय अध्यक्ष महेश जंग कुँवर, स्कुलका पुर्व बिद्यार्थीहरू, लगायत प्रतिष्ठत ब्यक्तित्वहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूकाे उपस्थित रहेकाे थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको वार्षिक आम्दानी र खर्चको प्रतिवेदन लगायत बिद्यालयले हालसम्म गरेको गतिविधिहरू सबैलाई जानकारी गराएका थिए । उक्त अवसरमा विद्यालयका सहयोगी दाताहरू महेन्द्र बहादुर खनाल, डाक्टर रामजी घिमिरे लगायतलाई सम्मान गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend