बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेशनल हाइड्रोपावर कम्पनीका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रूपमा पारित

नेशनल हाइड्रोपावर कम्पनीका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रूपमा पारित

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २७औं र २८औं वार्षिक साधारणसभा एकैसाथ मंसिर २८ गते सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष कुमार पाण्डेको अध्यक्षतामा  बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा सम्पन्न सभाले प्रस्तुत सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गर्नुका  साथै  कम्पनीको रिक्त सन्चालक पदमा किशोर नेपाल र मधुसुदन प्रधान लाई निर्विरोध निर्वाचित गरेको छ।

साथै , कम्पनीका विज्ञ संचालकहरुमा पूर्व बैंकर  महेश प्रसाद  काफ्ले र ऊर्जाविद डा. ज्ञानेन्द्र लाल श्रेष्ठको नियुक्ती लाई अुमोदन समेत सभाले अनुमोदन गर्यो ।

लाभांश प्रस्ताव छैन, वित्तीय विवरण पारित 

कम्पनीले यस पटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरणमा छलफल गरी पारित गरियो।

साधारण सभाका मुख्य एजेन्डाहरू

गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन र पारिश्रमिक निर्धारण।

चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण।

विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन।

रिक्त सञ्चालक पदमा दुई जना नयाँ सञ्चालकको नियुक्ति।

बुक क्लोज 

साधारणसभाको प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गरेको थियो। यस अनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी भएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend