बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुपरमाई हाइड्रोपावरले प्रदान गर्‍यो १२.६ प्रतिशत लाभांश

सुपरमाई हाइड्रोपावरले प्रदान गर्‍यो १२.६ प्रतिशत लाभांश

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले १०औं बार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीहरुलाई १२.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीका अध्यक्ष अशोककुमार खडकाको अध्यक्षतामा शुक्रबार ( २८ मंसिर )  काठमाडौंमा  सम्पन्न सभाले चुक्ता पूँजीको ५.६३१ प्रतिशतले हुने रु. २,८१,५७,८९४।६३  नगद लाभांश र चुक्ता पूँजीको ७ प्रतिशत अर्थात ३,५०,००० कित्ता शेयर १०० को दरले हुने रकम ३ करोड ५० लाख वोनस प्रदान गरेको हो।

साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ ।

त्यस्तै , लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण , आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका  प्रस्तावहरु सभा ले पारित गरेको छ ।

चालू आवमा हाइड्रोपावरको शेयर पूँजी ५० करोडको रहेको छ भने मध्यम तथा दीर्घकालीन ऋण ७८ करोड ५३ लाख ४५ हजारको हुन आएको छ ।

त्यसैगरी १ अर्व ३० करोड २२ लाख ६६ हजार ९६ रुपैयाँ स्थीर सम्पत्ति रहेको सो हाइड्रोपावरले चालू आव २०८०/०८१ मा ७ करोड ३ लाख ३ हजार ६९० रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

साधारणसभामा शेयरधनीहरुको प्रश्न र जिज्ञासाको  अध्यक्ष खडकाले जवाफ दिएका  थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend