सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शहरी स्वास्थ्य क्लिनिक – महिनागत महाअभियान कार्यक्रम सुरु

शहरी स्वास्थ्य क्लिनिक – महिनागत महाअभियान कार्यक्रम सुरु

 

२५ मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं। २९ को शहरी स्वास्थ्य क्लिनिकले वडावासीका लागि आजदेखि महिनागत महाअभियान कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम नागरिकको स्वास्थ्यप्रति जागरूकता बढाउन र सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न लक्षित छ।

कार्यक्रम अन्तर्गत निशुल्क सुगर, प्रेसर जाँच, स्वास्थ्य सचेतना तथा स्क्रिनिङ् सेवा प्रदान गरिँदैछ। सबैले यस अवसरको फाइदा उठाउन सक्नुहुनेछ। निशुल्क स्वास्थ्य जाँच र परामर्श सेवाले वडावासीलाई आफ्ना स्वास्थ्य समस्याबारे जानकारी लिन र समयमै आवश्यक कदम चाल्न मद्दत पुर्‍याउनेछ।

काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रमा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो। आम नागरिकले उपचार खर्च धान्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै यस क्लिनिकले सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend