मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

सुनको मूल्य तोलामा २१ सयले बढ्यो

सुनको मूल्य तोलामा २१ सयले बढ्यो

फाइल तस्बिर ।

२५ मंसिर, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend