बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा “राष्ट्र‌वचाउ महाअभियान” को घोषणा

राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा “राष्ट्र‌वचाउ महाअभियान” को घोषणा

२३ मंसिर , काठमाडौं । राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा काम गर्ने गरि नयाँ संगठन र अभियानको घोषणा गरिएको छ।  राष्ट्र‌वादी अभियन्ता तथा समाजसेवी विरेन्द्र सेनको नेतृत्वमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका विच “राष्ट्र‌वचाउ महाअभियान” को घोषणा गरिएको हो।

विगतमा रा.प्र.पा (नेपाल) वाट आफ्नो राजनिती शुरु गरेका विरेन्द्र सेन अहिले एक स्वतंत्र राष्ट्रवादी, स्कूल संचालक र समाजसेवीको रुपमा परिचित छन्।

छरिएर रहेका सबै राजावादी, हिन्दुवादीहरु लाई एकजुट गराई राजतंत्रको पक्षमा वातावरण वनाउन सकिने र देशलाई निकास दिन सकिने उनको विश्वास छ। सानै उमेर देखि राजसंस्था र हिन्दुराष्ट्र‌को पक्षधर रहेका उनी आफ्नो निर्णयमा दृढ़ रहेका छ्न।

नेताहरु‌ले गरेको गल्तीको सजाय राजालाई दिएको ठहर गर्दै अव महाअभियानले राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा निकट भविष्य मै जनजागरणमुलक सभा,भेला तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने बताइएको छ।

 

यसका लागी नै महाअभियानको शुरुवात गरेको उनको  भनाई छ। राजावादी र राष्ट्र‌वादीहरू‌मा एक आपसमा मेल नहुनु, मनमुटाव हुनु लाई उनले चुनौतीको रुपमा लिएका छन्। यी चुनौतीहरु लाई चिर्दै जाने उनको विश्वास रहेको बताउछन।

सेन संयोजक रहेका यो अभियानमा सह- संयोजक होम वहादुर थापा लगायत शुरूवातमा तीस जना अभियन्ता रहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend