२२ मंसिर, काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बोलाएको छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।
पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनु भयो ।
उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend