बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। सर्वसम्मत निर्वाचित भएको नयाँ संचालक समितिका उपाध्यक्षमा हरिहर सिग्देल , सचिवमा शरद कुँवर, कोषाध्यक्षमा मिना कुमारी पाठक लगायत रहेका छन् ।

संस्थाको साधारणसभाले ३३% महिला र ३३% युवा सदस्यहरुको सुनिश्चितता संगै १३ सदस्यीय नयाँ सञ्चालक समिति र भानु प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्वाचन समेत सम्पन्न गरेको हो ।


चन्द्रागिरि साकोसको २३औं वार्षिक साधारण सभा यही मंसिर १८ गते सम्पन्न भएको हो । संस्थाले ३ वटा विभिन्न एकाइ सभाहरु सम्पन्न गर्दै अन्तिममा निर्णय प्रमाणित गर्ने सभा सहित साधारणसभा सम्पन्न गरेको हो । सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७६ अनुसार सबै एकाइ सभाहरुमा समान कार्यसूचीहरु माथि छलफल तथा निर्णयहरु गर्दै एकाई सभाहरु सम्पन्न भएका थिए भने एकाइ सभाहरुले एकाइ सभाको निर्णय प्रमाणित गर्ने प्रतिनिधि र एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण गर्ने सभाको प्रतिनिधिहरु मनोनय गरेको थियो ।

साधारण सभाले विभिन्न १४ वटा प्रस्तावहरु पारित गरेको छ । निवर्तमान अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गरेका समीक्षा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले प्रस्तुत गरेका आ.व. २०८०/८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पेश गरेका आ.व. २०८१/८२ को अनुमानित बजेट तथा वार्षिक कार्यक्रम, पि बिनय एण्ड एसोसिएट्सले पेश गरेको आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन लगायतका विषयहरु रहेका छन् ।

हाल संस्थामा सदस्य २१,१९६ जना, शेयर पुँजी रु. २१,२७,४०,०००।–,संस्थागत पुँजी रु. ११,४३,५५,०००।–, बचत रु. २,९१,००,००,०००।– ऋण लगानी रु. २,३८,१७,००,०००।– रहेको छ भने संस्थाको कुल सम्पत्ति रु. ३,५५,३२,००,०००।– रहेको छ । आगामी वर्ष संस्थाले आकारमा बृद्धि गर्ने भन्दा पनि वित्तीय अनुपातहरुलाई सन्तुलित बनाउले लक्ष्य लिएको जनाएको छ । संस्थाले आ.व. २०८१/८२ मा सदस्य संख्या २२,५०० र कुल सम्पत्ति ३,८९,५२,००,०००।– पुर्याउने लक्ष्य लिएको छ भन सदस्यता बृद्धि, सुरक्षित वित्तीय अवस्था, जोखिम व्यवस्थापन, वित्तीय समावेशीकरण, डिजिटल रुपान्तरण, सदस्य सन्तुष्टी, सामाजिक उत्तरदायित्व र नियामकीय अनुपालन र सुशासन संरक्षण गर्ने कार्यलाई आफनो प्राथमिकतामा राखेको छ ।

त्यस्तै ,आम जनमानसमा सहकारी संस्था प्रतिको साख जोगाउनु पर्ने चुनौतीहरुको बिचमा संस्थाले सहकारीका असल अभ्यासहरुलाई उजागर गर्ने, कार्यक्षेत्र भित्रको समस्याउन्मुख कम्तिमा १ वटा सहकारी संस्थालाई व्यवस्थापन सहयोग उपलब्ध गराउने र थप २ वटा सहकारी संस्थाहरुसंग एकीकरण गर्ने निर्णयहरु सहित आफ्नो २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend