बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चन्द्रागिरि साकोसको “सूर्यनारायण मानन्धर सामाजिक सेवा सम्मान” राष्ट्रिय आविष्कार केन्द्रलाई

चन्द्रागिरि साकोसको “सूर्यनारायण मानन्धर सामाजिक सेवा सम्मान” राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं । चन्द्रागिरिमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई   सूर्यनारायण मानन्धर सामाजिक सेवा सम्मान प्रदान गरेको छ। त्यस्तै , संस्थाका उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई पनि उक्त अवसरमा संस्थाले पुरस्कृत गरेको छ।

चन्द्रागिरि साकोसले सामाजिक सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संघ/संस्थालाई सम्मान गर्ने संस्थाको नीति अनुसार यस वर्ष स्वास्थ्य, कृषि, उर्जा र शिक्षा क्षेत्रमा विद्यार्थी र युवा अनुसन्धानकर्तालाई तालिम तथा अनुसन्धानमा सहभागी गराई मुलुक र स्थानीय समुदायको लागि उपयुक्त प्रविधिको विकासमा योगदान पुर्याउने संस्थालाई पुरस्कृत गर्ने नीति अनुसार  राष्ट्रिय आविष्कार केन्द्रको उच्च मूल्याङ्‌कन गर्दै  संस्थाको २१,१५७ जना सदस्यहरुको तर्फबाट “सूर्यनारायण मानन्धर सामाजिक सेवा सम्मान” बाट  सम्मान तथा पुरस्कृत गरिएको अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए।

चन्द्रागिरि साकोसले  २३औं बार्षिक साधारणसभा अन्तर्गत यही मंसिर १२ देखि १५ गतेसम्म विभिन्न सेवाकेन्द्रहरुको सभा सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको सभापतित्वमा सम्पन्न भएका  सेवाकेन्द्रहरुको साधारणसभाले अध्यक्ष कुँवरद्वारा प्रस्तुत आव २०८०/०८१ बार्षिक प्रतिबेदन पारित गरेका छन्  ।

साधारणसभाले आव २०८०/०८१ को लेखासुपरिवेक्षण, लेखापरीक्षण प्रतिबेदन पारित गर्दै आव २०८१/०८२ को लागि प्रस्तावित तथा बजेट सम्बन्ध, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरि सहकारी एकीकरण गर्ने, लाभांश वितरण, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरू  पारित गरेको छ ।

सस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठद्वारा आव २०८०/०८१ को प्रस्तावित कार्यक्रम तथा बजेट बारे प्रकाश पारिएको सो साधारणसभामा दिइएको जानकारी अनुसार चालु आवमा सस्थाको शेयर पूजी २१ करोड १६ लाख ३५ हजार ४०० रुपैयाँको भएको छ भने ऋण लगानी २ अर्व २० करोड ९९ लाख ५८ हजार २४१ रुपैयाँ ५१ पैसाको हुँदा बचत निक्षेप २ अर्व ९७ करोड ७८ लाख ३५ हजार ६५० रुपैयाँ ५१ पैसाको हुन आएको छ । त्यस्तै , चालू आव २०८१ मसान्तसम्म संस्थाको कुल कारोबार  ३ अर्व ३८ करोड १७ लाख १९ हजार ६५८ रुपैयाँ ४१ पैसा रहेको छ।

साधारणसभामा सहकारी अभियन्ता, कास्कुन, नेफ्स्कुन तथा सहकारीमा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने साधारणसभाले सस्थाका संचालक सदस्य शिवशंकर मानन्धरलाई आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित गर्दै अन्य पदाधिकारीहरुसमेत चयन गरेको छ । नयाँ निर्वाचित पदाधिकारीहरुलाई आगामी मङ्सिर १८ मा हुने प्रमाणिकिसभामा संस्थाकाे कार्यभार हस्तान्तरण गरिने संस्था तालिका रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend