बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

श्रमज्योती बचत तथा ऋण सहकारीको २४औं साधारणसभा तथा २५औं वार्षिकोत्सब सम्पन्न सम्पन्न

श्रमज्योती बचत तथा ऋण सहकारीको २४औं साधारणसभा तथा २५औं वार्षिकोत्सब सम्पन्न सम्पन्न

काठमाडौँ । श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  २४औं बार्षिक साधारणसभा तथा २५औं वार्षिकोत्सब शनिबार (१५ मंसिर )सम्पन्न गरेको छ ।

संस्थाका  अध्यक्ष तिर्थराज न्यौपानेको सभापतित्व तथा नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले संस्थाका  अध्यक्ष न्यौपानेद्वारा प्रस्तुत समीक्षा आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिबेदन छलफल र सुझावसहित पारित गरेको छ । त्यस्तै ,साधारणसभाले  लेखा सुपरिवेक्षण प्रतिबेदन, आव २०८०/०८१ को वित्तिय विवरणहरुको साथमा आव २०८१/०८२ को बार्षिक बजेट तथा कार्यक्रम पारित गरेको छ ।

समीक्षा आर्थिक वर्षमा  यस सहकारीको  शेयर पूँजी रु. १० करोड १३ लाख ५७ हजर रुपैयाँ हुँदा जगेडा कोष ८ करोड ३९ लाख ९० हजार रुपैयाँको रहन गएको छ । निक्षेपतर्फ १ अर्व ५ करोड ५४ लाख ८२ हजार रुपैयाँ भएको छ भने कर्जा सापट ८६ करोड ३६ लाख ४४ हजार रुपैयाँ भइ विविध कारोबार गरी चालु आवमा सस्थाले १ अर्व ३३ करोड १७ लाख ६६ हजार रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।

संस्थाको खुद मुनाफा रु. २ करोड ८३ लाख रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रजत जयन्ती मनाउने अवधिसम्म आइपुग्दा संस्थाले आफ्ना सदस्यहरुको आर्थिक उन्नयन र सुविधा प्रदान गर्दै उल्लेख्य प्रगति गर्न सफल भएको भन्दै देशकै सबल सहकारी बनाउन आग्रह गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend