१३ पुस , काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ०८०/८१ का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो ।
गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यससँगै , बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend