खबरब्रेकिंग, काठमाडौं पुस १२ गते । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई निर्वाचित भएका छन्। बुधबार सम्पन्न वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संथापक उपाध्यक्ष समेत रहेका भट्टराई अध्यक्षमा निर्रविरोध निर्वाचित भएका हुन्।
भट्टराईको नेतृत्वमा उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सह-कोषाध्यक्षमा प्रकाष श्रेष्ठलाई चयन गरेको छ।
त्यस्तै, सदस्यहरुमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दीपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कँडेल चयन भएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend