बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

तिलक बचत तथा ऋण सहकारीको १४औं साधारणसभा सम्पन्न

तिलक बचत तथा ऋण सहकारीको १४औं साधारणसभा सम्पन्न

काठमाडौं । तिलक बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः डिल बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । यही पुस ७ गते शनिबार नवदुर्गा पार्टी प्यालेस , सुकेधारामा सम्पन्न भएको सहकारीको १४औं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको सर्वसम्मत चयन गरेको हो। त्यससँगै , लेखा सुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको काम सभाले गरेको छ।

समिक्षा आर्थिक वर्षमा कुल शेयरपुँजि रु. २,४२७,५००/- कायम रहेको सहकारीले यस वर्ष रु.७८,६२०.०९ खुद नाफा आर्जन गरेको संस्थाले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend