९ पुस , काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका छन् ।

एक कार्यक्रमको बीच निर्वाचन उपसमितिका संयोजकले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को यही पुस ७ र ८ गते सम्पन्न भएको ३२औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका हुन। उनले निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गरेका हुन् । ढकालले ११९६ मत ल्याए भने पौड्यालले १०१९ मत ल्याए । कुल २२४९ मत खसेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend