काठमाडौं । पूर्ववन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माको निधन भएको छ । शर्माको ५६ बर्षको उमेरमा ह्रदयघातका कारण निधन भएको पारिबारिक स्रोतले जनाएको छ । राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य समेत रहेकी शर्माको सोमबार ललितपुरस्थित मेडसिटी अस्पतालमा निधन भएको हो । शर्मा संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीतर्फबाट सभासद बनेकी थिइन् । शर्मा पूर्ववैदेशिक रोजगार व्यवसायी समेत हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend