काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) अबको राजनिती बाटो समाजवादी क्रान्तिको बाटो भएको बताएका छन् । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट बिद्रोह गरी आएका नेता तथा कार्यकर्ताहरुलाई खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले आर्थिक रुपमा नेपाललाई सक्षम बनाउदै समाजबाद तिर जाने स्पष्ट पारे । यो नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको बताए । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै भएको उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend