बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

दरबारमार्गमा रिगल फ्लेभर्स रेस्ट्रो एन्ड बार सञ्चालनमा

दरबारमार्गमा रिगल फ्लेभर्स रेस्ट्रो एन्ड बार सञ्चालनमा

२ पुस, काठमाडौं । काठमाडौँको दरबारमार्गमा रिगल फ्लेभर्स रेस्टुरेन्ट एन्ड बारको पुस १ गते आइतबार भव्य उद्घाटन गरिएको छ।

जीवन विज्ञानका अध्यक्ष एलपी भानु शमलि रेस्टुरेन्ट उद्घाटन गर्दै दरबारमार्गमाबाँच्ने कला र आध्यात्मिक पक्षबारे छोटो प्रवचन दिएका थिए। कार्यक्रममा होटल व्यवसायी, मिडिया र रेस्टुरेन्ट टोली सहभागी रहेको सञ्चालक आकाश अधिकारीले जानकारी दिनुभएको छ।

सहरको मध्य भागमा रहेको अन्नपूर्ण आर्केड, दरबार मार्गको पहिलो तल्लामा यो रेस्टुरेन्ट छ। क्याजुअल डाइनिङ प्रतिष्ठानले विगत ६ महिनाअघि सञ्चालनमा ल्याए भए पनि यसको औपचारिक उद्घाटन आइतबार गरिएको हो।

रेस्टुरेन्टमा स्वादिष्ट खानेकुराका विविध परिकार पस्कँदै आएको म्यानेजिङ डाइरेक्टर रेवन्तकुमार क्षेत्रीले बताए।

उद्घाटन समारोहमा कैदीबन्दी र उनीहरूका परिवारलाई सहयोग गर्ने संस्था, कैदी सहायता मिशनले साना बच्चाहरू पनि उपस्थित थिए। अतिथिहरूले ती बालबालिकासँगै बसेर खाना खाएका थिए। समुदायप्रति उत्तरदायी बन्ने प्रयासअनुरूप जेलजीवन बिताइरहेका बाबुआमका बच्चालाई सहयोग गरिएको सञ्चालक अधिकारीले जानकारी दिनुभयो।

उनले भने, ‘हामी चार युवाले भविष्यलाई ध्यानमा राखेर रिगल फ्लेभर्सले यस रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौं। हामीले रेस्टुरेन्टसँगै बालवालिकालाई निम्त्याएर थोरै भए पनि सहयोग गरेका हौं। अन्यको लागि पनि यो यो उदाहरणीय बन्नेछ भन्ने हामीलाई विश्वास छ।’

म्यानेजिङ डाइरेक्टरले समुदायलाई सहयोगी भाव राख्ने भावनाका साथ युवा मिलेर अन्य भूगोलको खोजी नगरी आफ्नै मातृभूमिका केही गर्न लागेको सन्देश पनि दिने प्रयास गरिएको बताए। युवा पुस्ता स्वदेशमा निराश भएर विदेश गइरहेका बेला विदेशमै अध्ययन गरेर आएका आकाश अधिकारीसहितको टिमले सञ्चालनमा ल्याएको यो रेस्टुरेन्ट युवा पुस्ताका लागि अनुकरणीय हुने विश्वास गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend