बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सहकारी पत्रकार समाजमा नयाँ कार्यसमिति; अध्यक्षमा पुनः काजी श्रेष्ठ

सहकारी पत्रकार समाजमा नयाँ कार्यसमिति; अध्यक्षमा पुनः काजी श्रेष्ठ

काठमाडौं। नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पुन: काजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३औं बार्षिक साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । श्रेष्ठ सहकारीखबरका सम्पादक हुन् ।

संस्थाको उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सन्तोष रोकाया, सह सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपाल पत्रका माधव कुमार खड्का चयन भएका छन् । यस्तै, सदस्यहरुमा अर्थबजार डटकमकी नमिता दुलाल र बाह्रखरी डटकमका बलराम बुढाथोकी रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र प्रदान गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी पत्रकारितालाई थप मर्यादित, विश्वसनीय र गुणस्तरीय बनाउने दिशामा नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने बताए । सीजेएनले सहकारी अभियान, सरकार र सदस्यबीच सेतुको काम गर्ने समेत बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend