काभ्रे – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले पठाएको ठाउमा नजाने कर्मचारीहरुलाई जागिर खाने अधिकार संगै जागिर छोड्ने अधिकार पनि भएको बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाले आयोजना गरेको साक्षर नगरपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले पठाएका ठाउमा नजाने कर्मचारीहरुलाई कारबाही समेत गर्ने चेतावनी दिए । मन्त्री बाँस्कोटाले स्थानीय तहमा कर्मचारी पठाउन सरकार लागी परेको बताउर्दै त्यसको लागी गृहकार्य भईरहेको बताए ।
उनले देशको विकास र समृद्धीको यात्रामा अगाडी बढाउन सरकार मात्र एकलै लागेर सम्भव नहुने बताउदै सवै आमजनता कर्मचारी लगायत सबैले आआफनो क्षेत्रबाट काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । साथै मन्त्री बाँस्कोटाले यस नगरपालिकाले साक्षर नगरपालिका घोषणा गरेकोमा बधाई दिर्दै आगामी दिनमा पनि मण्डन देउपुरले अन्य राम्रा काम गरेर अगाडी बढन शुभकामना दिए ।

प्रदेश नम्बर ३ का सांसद लक्ष्मण लम्सालले यस नगर पालिकाले साक्षरता घोषणा गर्न सफल भएकोका बर्धाइ दिर्दै मण्डन देउपुर सबै हिसावले उर्वरभुमी भएको बताए । सांसद लम्सालले एकजनाले क्रसरउद्योग खोल्यो भन्र्दैैैमा अरुले पनि त्यहि खोल्न पछि लाग्न भन्दा यस क्षेत्रमा धेरै सम्भावनाका क्षेत्र रहेको बताउर्दै अन्य उत्पादनमुलक उद्योग खोल्न सकिने भन्र्दै त्यसको लागी छलफल गर्न जरुरी रहेको बताए ।
प्रदेश नम्बर ३ कै सांसद बसुन्धरा गौतमले पनि यस नगरपालिकाले साक्षरता घोषणा गरेकोमा खुशी व्यक्त गर्दै आमामी दिनमा पनि अझ राम्रा कामहरु गरेर देखाउन शुभकामना दिए । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्लाका उपसभापति अच्यूतप्रसाद पौडेलले साक्षरता घोषणा गर्नु आफैमा राम्रो काम भएपनि कार्यान्वयनको पक्षमा पनि ध्यान दिर्नु पर्नेमा जोड दिए । स्थानीय तहमा बिभिन्न करको बिषयले जनता मारमा परेको बताउँदै उनले त्यसको बिषयमा अध्ययन गरेर मात्र कर उठाउन नगरपालिकालाई आग्रह गरे ।

साथै मण्डन देउपुर नगरपालिकाका मेयर एबम कार्यक्रमका सभापति टोकबहादुर वाईवाले यस नगरपालिकामा राम्रा कामहरु भएको बताउर्दै आगामी दिनको लागी पनि बिभिन्न बिकासको गुरु योजना अगाडी सारेको बताए । उनले मण्डन देउपुर नगरपालिका आजको दिन देखी साक्षर नगरपालिका भएको समेत बताए । मेयर वाईवाले आगामी दिनमा पनि यस्तै राम्रा काम गरेर देखाउने बाचा गरे ।
मण्डन देउपुर नगरपालिकाकी उपमेयर निर्मला शाहीले यस नगरपालिकामा साक्षर घोष्णा गर्न पाउँदा आफु खुशी भएको बताउदै उनले जनताले दिएको जिम्मेवारी अझ राम्रो संग काम गरेर देखाउने बताईन । कार्यक्रममा नेकपाका जिल्ला नेता बिदुर सापकोटा , नेकपाकी नेतृ रिता ढकाल , समाजसेवी कृष्ण कुवँर श्रेष्ठ लगायत बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend