बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

१९% लाभांश सहित स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७औं साधारणसभा सम्पन्न

१९% लाभांश सहित स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७औं साधारणसभा सम्पन्न

  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २४ गते आइतबार सम्पन्न बैंकको ३७औं वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

आर्थिक वर्ष २०२२/२३ मा बैंकको सञ्चालन नाफा ४ करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ करोड ८० लाख रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ करोड ५० लाख रुपैयाँ पुगेको बैंकले जानकारी गराएको छ ।

कम्पनीले दक्षतामा निरन्तर जोड दिनुको फलस्वरूप  कम्पनीको आरओई बढेर २०.८ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षमा १४.२ प्रतिशत थियो ।

बैंकमा संस्थापकको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर हिस्सा छ ।

बैंकले आफ्नो रणनीतिलाई कार्यान्वयन गर्दै सेयरधनीलाई उच्च वित्तीय प्रतिफल वितरण गर्ने प्रतिबद्धता गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend