काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मंसिर २४ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।
बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन र बैंकको वित्तीय विवरणहरु छलफल र सुझावसहित पारित गरेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार ९२५ रुपै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend