सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अनियन्त्रित खर्चले बजेटको प्रभावकारिता हरायोः अध्यक्ष खनाल

अनियन्त्रित खर्चले बजेटको प्रभावकारिता हरायोः अध्यक्ष खनाल

काठमाडौं ।. प्रदेश र स्थानियतहका कार्यालयहरुमा मनोमानी तरिकाले हचुवाको भरमा रकम खर्च भईरहेको जनगुनासो बाहिर आईरहेको बेला सरकारद्वारा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले बजेट तयारीदेखि कार्यान्वयनको पक्षसम्ममा समस्या नै समस्या रहेको बताएको छ । बजेटको मान्यता विपरीत आयोजना छनौट, जथाभावी श्रोत सुनिश्चितता, विना मापदण्ड चालु खर्च वृद्धि, पूर्वतयारी विना आयोजना कार्यान्वयन र अनियन्त्रित खर्चले बजेटको प्रभावकारिता हराएको आयोगका अध्यक्ष डा. डिल्लीराज खनालले बताए । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बजेट तयारीदेखि कार्यान्वयनसम्मको पक्ष अध्ययन गर्दा हरेक पक्षमा समस्या नै समस्या भएको आयोगको ठम्याई छ । बजेट र खर्च प्रणालीलाईसँगै जोडेर अघि बढाउन नसक्दा समस्या देखिएको निश्कर्श निकाल्दै आयोगले क्षेत्रगत, परियोजनागत प्राथमिकतामा जोड दिन सरकारलाई सुझाव दिने तयारीमा जुटेको छ । सार्वजनिक खर्च प्रणालीलाई संघीयतामा प्रभावकारी बनाउन सुझावका खाका पनि आयोगले तयार गरेको गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend