काठमाडौं । बानेश्वरस्थित ग्लोबल कलेजले आयोजना गरेको ‘पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन– २०२३ उत्कृष्ट रूपमा सम्पन्न भएक छ । सम्मेलनमा ‘नवीनता, दिगोपन र अग्रगामी विकासका लागि व्यवस्थापन र प्रविधिको एकीकरणको उदीयमान बहस र अभ्यास’ विषयमा १ सयभन्दा धेरै अनुसन्धानपत्रहरू पेस गरिएको थियो ।

‘नवीनता, दिगोपन र अग्रगामी विकासका लागि व्यवस्थापन र प्रविधिको एकीकरणको उदीयमान बहस र अभ्यास’ विषयमा आयोजित सम्मेलनको दोस्रो तथा अन्तिम दिनको मुख्य सत्रमा चार अतिथि र तीन वक्ताले आफ्नो भनाइ राखेका थिए ।

त्यसलगत्तै एआईको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा यसको अवसर र विभिन्न चुनौतीका बारेमा प्यानलमा छलफल गरिएको थियो । ५ सय ५५ जनाको भौतिक उपस्थिति रहेको यस सम्मेलनमा १८ देशका मुख्य वक्ताहरूले आफ्नो भनाइ राखेका थिए भने विभिन्न २६ देशका प्रतिनिधिको अनलाइनमार्फत सहभागिता थियो ।
ग्लोबल कलेजले निजीस्तरबाट अन्तर्राष्ट्रियस्तरको सम्मेलन सफलतापूर्वक आयोजना गरेको ग्लोबल कलेजका शैक्षिक निर्देशक तथा पाँचौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा. देवराज पनेरुले बताएका छन्
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend