‘हाम्रो देश मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्रसमेत भएकाले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवं संवेदनशील रहिआएको छ,’ राष्ट्रपतिको शुभकामना सन्देशमा लेखिएको छ, ‘फलस्वरुप नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यका रूपमासमेत निर्वाचित भएको छ ।’
राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।