बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

म्याग्दी साकोसमा नयाँ संचालक समितिको चयन; ९.५०% लाभांश पारित

म्याग्दी साकोसमा नयाँ संचालक समितिको चयन; ९.५०% लाभांश पारित

काठमाडौं । गोंगबुस्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।संस्थाकी अध्यक्ष थदेवी पुनको सभापतित्व एवं प्रतिनिधि सभाका सदस्य तथा संस्थापक अध्यक्ष खमबहादुर गर्बुजा (खम्वीर) को प्रमुख आतिथ्यतामा यही मंसिर २३ गते शनिबार साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन, गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा, संस्थाका सल्लाहकार डा. ज्योती शेरचन, सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारी, धौलागिरी सहकारी समूहका अध्यक्ष याम श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका प्रबन्धक विष्णु गिरी, नेफ्स्कून गोंगबु शाखाका प्रबन्धक राधा पौडेल लगायतको आतिथ्यता थियो ।

साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदनहरु पारित गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर सदस्यलाई ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै , साधारणसभाबाट आगामी चार वर्षको कार्यकालको लागि संस्थाको अध्यक्षमा पुन: थदेवी निर्वाचित भएकी छिन् । सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्विरोध चयन गरेको हो ।

निर्वाचन उप समितिका संयोजक डा. ज्योति शेरचनका अनुसार उपाध्यक्षहरुमा सुशिला शेरचन, थमबहादुर छन्त्याल, धनलाल जैसी चयन भएका छन् । सचिवमा टकबहादुर थापा, कोषाध्यक्षमा इन्द्रजित छन्त्याल, सहसचिवमा छकप्रसाद शेरचन निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा केशबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल, हर्कनारायण घर्तिमगर, हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरुमा मदन थापा र धनबहादुर छन्त्याल निर्वाचित भएका छन्।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थाको सेयर पुँजी ७ करोड ९२ लाख कायम रहेको छ । त्यस्तै बचत ४१ करोड १६ लाख, कर्जा लगानी ४२ करोड ८२ लाख, जगेडा कोष ५ करोड ८६ लाख, खुद व्याज आम्दानी ३ करोड २१ लाख, सञ्चालन मुनाफा २ करोड ३४ लाख, बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

साधारण सभाको अवसरमा प्रतिनिधि सभामा निर्वाचित संस्थापक अध्यक्ष खमबहादुर गर्बुजा (खम्वीर), गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित बिमला गौचन र गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मालाई सम्मान गरिएको थियो। कार्यक्रममा १ लाखको शेयर खरिद गरेका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा. हुमबहादुर बरुवाल, डा. दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिनुका साथै बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो।

साधारणसभा कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend