सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खरेल अर्गनाइजेसनले गर्‍यो स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान

खरेल अर्गनाइजेसनले गर्‍यो स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौं । खरेल अर्गनाइजेसनले शारीरिक सुगठनमा एसिया लेवल प्रतियोगितामा स्वर्ण पदक हासिल गर्न सफल खेलाडी किशोर कार्कीलाई सम्मान गरेको छ।

युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बूको उपस्थितिमा यही मंसिर २० गते बुधबार  आयोजित कार्यक्रममा प्रसंशापत्र सहित कार्कीलाई सम्मान गरिएको हो।

भारतको बेङ्ग्लोरमा आयोजित MM INDIA, ASIA लेवल प्रतियोगिताको open division मा स्वर्ण पदक हासिल गरि नेपालको शारीरिक सुगठन जगतमा Musclemania को पहिलो स्वर्ण पदक विजेता भइ सम्पुर्ण नेपालीको शिर उच्च पार्न सफल भएकाले कार्किलाई सम्मान गरिएको खरेल अर्गनाइजेसनका अध्यक्ष सज्ञान खरेलले बताएका छन् ।

सम्मानित भएपछि कार्कीले खरेल अर्गनाइजेसन र सज्ञानकै सहयोगको कारण आफुले सफलता हासिल गर्न सकेको बताउँदै आभार व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री लिम्बुले खेलकुद मन्त्रालयले सबै खेललाई अगाडि बढाउने गरि नीतिनिर्माण गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend