काठमाडौं – वाइडबडी खरिदमा मोटो रकमको चलखेल भएको भन्दै यो बिषय अहिले चर्चामा छ । वाइडबडी खरिदमा भष्टचार भएको भन्दै बिभिन्न मिडियाहरुले दैनिकजसो प्रमुख प्राथमिकताका साथ समाचार कभरेज गर्दै आएका छन् । जसको फलस्वरुप अहिले यो बिषय सिंहदरवारको सार्वजनिक लेखा समितिमा पुगेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
वाइडवडी खरिदबारे अनुसन्धान गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमिति सक्षम मन्त्री अधिकारीले जिम्मेवारी लिनुअघि नै विमान खरिदको प्रक्रिया सकिएको र आफू आएपछि दुई किस्ता भुक्तानी मात्र गरेको उनको भनाई छ ।उनले अविछिन्न नेतृत्वको हिसाबले यसअघि भएका निर्णयको जिम्मेवारी लिनु पर्ने भए पनि त्यसबाहेक अरु कुनै पनि निर्णयमा आफ्नो सहभागिता नभएको बताए ।
उनले नेपाल वायुसेवा निगमलाई युरोपेलि युनियनको कालो सूचीबाट हटाउने प्रयास भइरहेको जानकारी दिए । नयाँ विमानका लागि व्यवसायिक योजना तयार भइरहेको र अबको दुई महिनाभित्र जापान अष्ट्रेलियामा उडान भर्ने दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend