१९ मंसिर ,काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा गरेको छ।
होटलले मानविय त्रुटी हुन गएको कारण समयमै जानकारी गराउन नसकेको स्पष्टिकरण दिएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो।
नेप्सेले मंसिर १४ गते, लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै होटलको सेयर कारोबार रोक्का गरेको थियो ।
समयमा नै लाभांश घोषणा गरेको जानकारी नगराएपछि नेप्सेले कम्पनीलाई तीन दिने स्पष्टिकरण सोधेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend