खबरब्रेकिंग,काठमाडौं मङ्सिर १८ गते । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सोमबार पनि सुनको मूल्य बढेर गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । बढेको मूल्यसँगै आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थिर कायम भएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend