बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

इमर्जिङ्ग नेपालको ८औं साधारणसभाबाट ८.४% लाभांश पारित

इमर्जिङ्ग नेपालको ८औं साधारणसभाबाट ८.४% लाभांश पारित

खबरब्रेकिंग,काठमाडौं, मङ्सिर १७ गते । इमर्जिङ्ग नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ८औं वार्षिक साधारण सभा मंसिर १५ गते शुक्रबार बानेश्वर ब्याङक्वेट, नयाँ बानेश्वर काठमाडौँमा सम्पन्न भएको हो ।

साधारणसभाले विभिन्न एजेन्डा सहित कम्पनीको आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, आषाढ मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत पारित गरेको छ ।

सभाले  कम्पनीको शेयर पूँजिको ८.४२१०५ प्रतिशतले हुन आउने रु.  ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८.४२ रुपैयाँ नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले इमर्जिङ्ग नेपाल स्थापना भएको हो । कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend