बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सरकारलाई कात्तिक महिनामा ८ करोड रूपैयाँभन्दा बढी पूँजीगत लाभकर

सरकारलाई कात्तिक महिनामा ८ करोड रूपैयाँभन्दा बढी पूँजीगत लाभकर

काठमाडौं । सरकारले कात्तिक महिनामा धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट ८ करोड ४१ लाख ५४ हजार रूपैयाँभन्दा बढी पूँजीगत लाभकर उठाएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार कात्तिक महिनामा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालिन लगानीकर्ताबाट ४ करोड ६० लाख ४१ हजार रूपैयाँभन्दा बढी र दिर्घकालिन लगानीकर्ताबाट २ करोड ६९ लाख १८ हजार रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको हो ।

यो महिना संस्थागत लगानीकर्ताबाट १ करोड ११ लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी सिडिएससीका सूचना अधिकारी सुरशे न्यौपानेले दिएका छन् । कात्तिक महिनामा दशै र तिहारको लामो विदा परेकाले १२ दिनमात्र धितोपत्र दोस्रो बजार खुलेको थियो ।

नेप्सेका अनुसार यो १२ कारोबार दिनमा १० अर्ब २१ करोड ७३ लाख रूपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजार ७४९ कित्ता धितोपत्र कारोबार भएको छ । बजार भने असोज मसान्तसम्म १ हजार ८६४ दशमलव ६२ विन्दुमा रहेकोमा कात्तिक महिनाको अन्तिम कारोबार दिनसम्म १ हजार ८५२ विन्दुमा झरेको थियो ।

असोज महिनाको तुलनामा भने कात्तिकमा सरकारले १३ करोड ५४ लाख २४ हजार रूपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन गरेको हो । सिडिएससीका अनुसार असोज महिनामा कुल २१ करोड ९५ लाख ७९ हजार रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । असोज महिनामा अल्पकालिन लगानीकर्ताबाट १५ करोड ७६ लाख रूपैयाँभन्दा बढी र दिर्घकालिन लगानीकर्ताबाट ६ करोड १९ लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी सिडिएससीले दिएको हो ।

सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई व्यक्तिगत लगानीकर्ताको हकमा दुई प्रकारमा विभाजन गरी कर संकलन गर्ने गरेको छ । एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्ताहरूलाई दिर्घकालिन र एक वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्ताहरूलाई अल्पकालिन लगानीकर्ताको रुपमा विभाजन गर्दै सरकारले अल्कालिन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालिनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ । यी लगानीकर्ताहरूले धितोपत्र कारोबाबाट नाफा कमाएको खण्डमा भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend