बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आफ्नो सहकारी कोषमा २४औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन

आफ्नो सहकारी कोषमा २४औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन

काठमाडौं । आफ्नो सहकारी कोष लिमिटेडले आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष बलराम पौड्यालको सभापतित्वमा मंसिर १६ गते शनिबार सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

कोषले आ.व.२०७९/०८० मा शेयर लाभांश कोषबाट सदस्यहरुलाई ८.२५ प्रतिशत लाभांश प्रदान गरेको छ।

साधारणसभाबाट आगामी चार वर्षको कार्यकालको लागि पुनः बलराम पौड्यालकै अध्यक्षतामा नयाँ संचालक समितिको निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। त्यससँगै , लेखा सुपरीक्षण समितिको पनि चयन भएको हो।

समिक्षा आर्थिक वर्ष अर्थात २०८० असार मसान्तमा सहकारीको शेयर पूँजी रु.४ करोड ३२ लाख ३७ हजार पुगेको छ, जुन गतवर्ष तुलनामा ४.१३ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै , यस आ.व. मा संस्थाको निक्षेप रु. २२ करोड ७१ लाख २५ हजार र कर्जा तथा लगानी रु. २० करोड १३ लाख ५७ हजार रहेको छ। संस्थाको खुद नाफा रु. ७२ लाख ६१ हजार रहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend