१५ मंसिर , काठमाडौं । एन आई टी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष ठाकुरप्रसाद देवकोटाको सभापतित्वमा मंसिर १५ गते शुक्रबार सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , उक्त साधारणसभाले समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा-नोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।
समिक्षा आर्थिक वर्ष अर्थात २०८० असार मसान्तमा सहकारीको शेयर पूँजी रु.२ करोड ११ लाख ७८ हजार पुगेको छ, जुन गतवर्ष रु. १ करोड ९० लाख २२ हजार रहेको थियो । त्यस्तै , यस आ.व. मा संस्थाको निक्षेप रु. ४ करोड ९१ लाख १९ हजार र कर्जा तथा लगानी रु. ६ करोड ६४ लाख ५९ हजार रहेको छ। संस्थाको खुद नाफा रु. १० लाख २८ हजार रहेको छ।
बर्तमान बजारमा आएको तरलता कमि र ब्याजदरमा वृद्धिको असहज परिस्थितिको कारण संस्थाका प्रमुख वित्तीय शुचाङ्कहरु समिक्षा आर्थिक वर्षमा घट्न गएको संस्थाले जनाएको छ।
साधारणसभामा अध्यक्ष देवकोटाले आगामी दिनमा दीर्घकालीन र अल्पकालीन योजनाका साथ शेयर सदस्यको हितको पक्षमा उभिन र सहकारीको मर्म अनुरुप संस्थालाई अगाडि बढाउन लागिपर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend