सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कामदारको पैसामा खोलिएको बोर्डमा दलालको बिगबिगी, निःशुल्क फारमको ५ सयसम्म असुली

कामदारको पैसामा खोलिएको बोर्डमा दलालको बिगबिगी, निःशुल्क फारमको ५ सयसम्म असुली

विजय दमासे
काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा दलालको बिगबिगी बढेको छ । विदेशमा श्रम सिकेर स्वदेशमै उद्यम गर्न चाहने युवाका लागि सरकारले १० लाखसम्म सहुलियत कर्जा दिन आवेदन खुला गरेसँगै सहयोगको नाममा दलालहरू सक्रिय भएका हुन् । बोर्डमा निवेदन दिन जाने युवालाई सहयोग गर्ने भन्दै बोर्ड परिसरमा दलालदेखि मोबाइल पसल र स्टेशनरीहरू रकम असुल्न तल्लीन छन् । उनीहरूले निःशुल्क पाइने फारमलाई २० रुपैयाँमा बेचिरहेका छन् । सोबाहेक फारम भरिदिने नाममा मान्छे हेरेर २ सयदेखि ५ सयसम्म असुलिने गरेको पीडितहरूको भनाइ छ ।
साउदीमा २ वर्ष काम गरेर नेपाल फर्केका संखुवासभाका रञ्जन बस्नेतले आपूm दलालबाट ठगिनु परेको  बताए । उनले भने, ‘निःशुल्क भन्नेबारे मलाई थाहै भएन, एक जना दाइले फारम भरिदिन्छु भन्नुभयो । भरेपछि ५ सय चार्ज भन्दै लिनुभयो ।’ उनका अनुसार उनीसँगै बोर्डमा फारम भर्न आएका अन्य पाँच जनाबाट पनि ती दलालले ५ सयका दरले रकम लिएका छन् ।
बोर्ड परिसरमै युवासँग मोलमोलाई गरी फारम भराउँदै विचौलियाहरु

तीन वर्ष मलेशियाको रोजगारीपछि फर्किएका संखुवासभाकै विक्रम पुलामी, इलामका दशरथ चन्द, साउदीबाट फर्केका पाँचथरका पूर्ण बस्नेतसमेत दलालमार्पmत फारम भर्न बाध्य भएको बताउँछन् । उनीहरू जस्ता सयौं युवा यसरी बोर्ड परिसरबाटै ठगिएका छन् ।

निःशुल्कको फारम बोर्ड परिसरमै सयौंमा कारोबार हुँदा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आपूmहरू यसबारे सचेत भएको बताउछन् । उनले भने, ‘बाहिर ठगी भइरहेकाबारे हामीलाई सूचना आएको छ, तत्काल रोक्न हामी लागिरहेका छौं । यस्तो धन्दा लामो समय चल्नेछैन ।’

उनका अनुसार हाल सरकारले ल्याएको कार्यक्रममा भाग लिन करीब ३ हजारले निवेदन दिइसकेका छन् । दिनको २ सयका दरले निवेदन आइरहेको बोर्डको भनाइ छ । तर, निवेदकहरूले गर्न चाहेको पेशा÷व्यवसाय विवरण स्पष्ट नखुलाएको श्रेष्ठले बताए । उनले भने, ‘गर्न चाहेको व्यवसाय के हो ? कति लागत लाग्ने हो ? कर्जा उपयोगसम्बन्धी धेरैको निवेदनमा अस्पष्टता छ ।’
बोर्डका अनुसार यस कार्यक्रममा सहभागी हुन चाहनेले पुस मसान्तभित्र निवेदन दिनुपर्छ । प्राप्त निवेदनलाई छानविन गरी श्रम मन्त्रालयमा पठाइने र त्यसलगत्तै कार्य्विधि अनुसार सरल कर्जा दिन वाणिज्य बैंकहरूलाई पत्राचार गरिनेछ । सरल कर्जामा उद्यम धितोमा हुनेछ र ५ वर्ष कर्जा भुक्तानी गर्नुपर्नेछ ।

के हो सरल कर्जा ?

सरकारले चालू आर्थिक वर्ष (आव) २०७५÷०७६ को बजेटमार्पmत वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न खोज्नेहरूलाई विदेशमा प्राप्त शीपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको हो ।सोहीअनुसार नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्य्विधि, २०७५’ जारी गरिसकेको छ । बैंकले गत कात्तिक ११ मा बैंक तथा वित्तीय संस्थालाई परिपत्र नै गरेर कार्य्विधिअनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई यस्तो कर्जा उपलब्ध गराउन भनिसकेको छ ।

कार्यक्रम अघि बढाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सूचना जारी गरी स्वदेशमै स्वरोजगार हुन इच्छुक कामदारलाई आगामी पुस मसान्तभित्र तोकिएको ढाँचामा फारम भरी निवेदन दिन सूचना जारी गरेको छ । त्यस्तो कर्जा न्यून ब्याजदरमा उपलब्ध हुनेछ र ५ वर्षमा भुक्तानी गरि सक्नुपर्नेछ ।

कसरी सहभागी हुने ?

यस्तो कर्जामा सहभागी हुनेहरूले आप्mनो व्यवसाय परियोजना धितो राखेर कामदारले ऋण पाउनेछन् । कम्तीमा पनि ६ महीना विदेश बसेको र स्वदेश फर्किएको ३ वर्ष्भित्र सहुलियत कर्जा लिई सक्नुपर्नेछ । विदेशबाट फर्किएकाहरूले आपूmले सिकेको ज्ञान र शीपका आधारमा सञ्चालन गर्ने व्यवसायको विस्तृत विवरण खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
विदेशबाट फर्किएका युवाले बुझाएको फारमका आधारमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी यस्तो कर्जा प्रदान हुनेछ । कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रमस्वीकृति प्राप्त भएको रोजगारदाता मुलुकबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आपूmले ६ महीना कुनै देशमा सम्बन्धित तालीम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वघोषणा गर्नुपर्नेछ । स्रोत आर्थिक अभियान  दैनिक बाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend