सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बांगीमा युवाहरुको पहलमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

बांगीमा युवाहरुको पहलमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

अभिनव चौहान
अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको वाड नं ५ बांगीमा युवाहरुको पहलमा ७० वर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कुल बहादुर चौहानको अध्यक्षता राम बहादुर चौहानको प्रमुख आथित्यतामा सम्पन्न भेलाले विष्णु चौहानको अध्यक्षतामा ५१ सदस्यीय उदेयमान जन जागृती क्लबको गठन गरेको छ ।

जसको उपाध्यक्षहरुमा अशोक चौहान र कमला चौहान सचीव विष्णु चौहान विकल्प , उपसचिव बसन्त चौहान , चिरञ्जीवी चौहान कोषाध्यक्ष लगायत १४ सदस्यीय सचिवालय १४ पुर्ण र २३ साधारण सदस्य सहित ५१ सदस्यीय गठन गरिएको छ । राम बहादुर चौहानको समायोजकत्वमा क्लबको संरक्षक तथा सल्लाहकार समितिको समेत गठन गरिएको छ । साथै भेलामा ७० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा र नगद रकमले सम्मान गरिएको छ ।

भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि चौहानले युवा एकतामा जोड दिनु भएको छ । भेलामा मन्तव्य राख्ने अन्य व्यक्तिहरुमा डाल बहादुर चौहान, जनक चौहान, विरेन्द्र चौहान,किम बहादुर चौहान, चिरञ्जीवी चौहान, रहनु भएको थियो ।अभिनव चौहानको संचालन अशोक चौहानको स्वागत मन्तव्य र विष्णु चौहानको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend