सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँची जिल्ला सबै हिसाबले देशकै धरोहरः अध्यक्ष प्रचण्ड

अर्घाखाँची जिल्ला सबै हिसाबले देशकै धरोहरः अध्यक्ष प्रचण्ड

डिल्ली रमण पाण्डे

काठमाडौ ।  नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची  जिल्ला राजनैतिक, सामाजिक, सांस्कृतिक, एतिहासिक रुपमा  सवै हिसावले देशकै धरोहर भएको बताएका छन् । अध्यक्ष प्रचण्डले राजधानीमाअर्घाखाँचीका पूर्वसहायक सिडियो हाल गृहमन्त्रालयमा कार्यरत नारायण खत्री द्रारालिखित यात्रा अर्घाखाँची  नामक डकुमेन्ट्री र पुस्तक तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन् ।अर्घाखाँची जिल्ला सवै क्षेत्रको हिसावले अगाडी रहेको बताउदै आगामी दिनमा पनि यो क्षेत्रले आफनो इतिहास रचदै जाने आशा व्यक्त गरे । साथै उनले अर्धाखाँची नामक डकुमेन्ट्री बनाएर जुन सार्वजनिक गर्ने काम भएको छ यस्ले राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपालको महत्व बारे चिनाउन मदत पुग्ने बताए ।

यस्तै नेपाल कम्यूनिष्ट पार्टीका नेता एबम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई अवको केही बर्षमै देशकै पूर्वाधारको क्षेत्रमा नमुना जिल्लाको रुपमा चिनाउने दावी गरे । अर्घाखाँची  जिल्ला बिकासको तिब्र गतीमा अगाडी बढेको जानकारी दिर्दै अर्धाखाँचीको एअरपोर्ट चाँडै निर्माणको काम सम्पन्न हुने समेत जानकारी दिए । नेता रायमाझीले अर्घाखाँची  नामक डकुमेन्ट्री र पुस्तक जुन सार्वजनिक भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित लगायत बिभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend