सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इलाममा हुने लगानी सम्मेलनमा, प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिने

इलाममा हुने लगानी सम्मेलनमा, प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिने

इलाम– यही पुस २० गते इलाममा आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ ।
राष्ट्र निर्माणमा र्पुयाएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्द गर्ने भएको हो । पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ ।

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले सम्मेलन गर्ने भएको छ । जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले पाँच वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने भएको हो । सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । सम्मेलनमा देशका १०० भन्दाबढी लगानीकर्ता भित्र्याइने बताइएको छ ।

सो अवसरमा आन्तरिक स्रोतको प्रचारप्रसार र प्रवद्र्धन गर्नका लागि लगानीकर्तालाई लगानीयोग्य क्षेत्रका बारेमा जानकारी गराइनेछ । विशेष गरी इलाममा जन्मेर इलाम बाहिर रहेका लगानीकर्तालाई आह्वान गरिने जनाइएको छ । इलाम सदरमुकामस्थित चियाबारी क्षेत्रमा रङ्गशाला निर्माणका लागि उक्त नगरपालिकाले प्रक्रिया शुरू गरेको छ । सदरमुकाममा रङ्गशाला रहे पनि आर्मीको स्वामित्वमा रहेकाले सर्वसाधारणका लागि अर्को रङ्गशाला निर्माण गर्न लागिएको हो ।

इलाम नगरपालिका वडा नं ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवनभन्दा माथि चौतारादेखि पूर्वक्षेत्रभित्रकोे सरकारी जग्गामा इलाम चिया बगान रहेको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागिएको जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend