सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आफ्नै निवास बूढानीलकण्ठमा निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आफ्नै निवास बूढानीलकण्ठमा निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । गिरिको आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको हो । ९३ वर्षीय गिरी राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend