सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सांसदको घरभाडा रकमको हंगामा, भट्टराईले गर्ने भए घरभाडा रकम फिर्ता

सांसदको घरभाडा रकमको हंगामा, भट्टराईले गर्ने भए घरभाडा रकम फिर्ता

काठमाडौं । सांसदहरुले आफनै घर भईकन पनि घरभाडाको नाममा राज्यकोषबाट सुबिधा लिने गरेको कुरा मिडियामा आए पछि अहिले हंगामा चलेको छ । देश बनाउन भनेर कसम खाएर आएका सांसदले यस्तो ढाट खेती गरे पछि चिया पसल देखी सिंहदरबार सम्म अहिले यसैको चर्चा छ । यसै बिच नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको रकम फिर्ता गर्ने भएका छन् ।

सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा लिएको घरभाडावापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गरे । आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन् ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend