सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काँग्रेस कमजोर बन्यो भने लोकतन्त्र नै कमजोर हुने खतरा

काँग्रेस कमजोर बन्यो भने लोकतन्त्र नै कमजोर हुने खतरा

नेत्रबहादुर लिम्वु
नेपाली कांग्रेस महासमितिको बैठक राजधानीमा सुरु भएको छ । भाबी महाधिवेशनमार्फत राजनीतिक नेतृत्व लिन अहिलेदेखि नै कांग्रेसमा रस्साकस्सी सुरु भइसकेको छ। यो राम्रो संकेत होइन । बिचार , शिद्दान्त र नीति अनुसार काँग्रेस अघि बढनु पर्छ । बिपीले अघि सारेका बिचार लिएर काँग्रेस अघि बढयो भने मात्र यसको भबिश्य छ । बि पी का बिचारको अभावमा काँग्रेस अलमलमा परेको छ । अव प्रस्ट रुपमा बि पी को बिचारलाई मार्गदर्शन मानेर काँग्रेस सामूहिक रुपमा लाग्यो भने यसको भविश्य राम्रो हुने छ ।

मुलुकमा चरम निराशाको स्थिति देखिएको छ । राजनीतिक परिवर्तनका लागी कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण छ । यो परिवर्तनलाई संस्थागत गर्न र मुलुकको प्रजातान्त्रिक भविष्यलाई सुनिश्चित गर्न काँग्रेसको पनि भूमिका रहनु पर्छ । प्रमुख विपक्षी दलको जिम्मेवारीमा रहेको कांग्रेसले सरकारका गलत कामको खुलेर बिरोध गर्नु पर्ने आबश्यकता देखिएको छ ।

वास्तवमा कांग्रेसभित्र हिजोको जुझारुपन आवश्यक छ । मुलुकले हासिल गरेको राजनीतिक उपलब्धि रक्षाका निम्ति कांग्रेसले फेरि आफूलाई यो महासमिति बैठकपछि सक्रिय रूपमा लैजानु पर्छ । यो अहिलेको आबश्यकता हो । कांग्रेसको इतिहास र भविष्यप्रतिको जिम्मेवारी महत्वपूर्ण छ । यो जिम्मेवारी पूरा गर्न काँग्रेस अघि बढनु पर्छ ।

अहिलेको गतिविधिप्रति आमजनता निराश छन । जनतालाई निराश हुन दिनु हुदैन । किन भने जनता निराश भए भने प्रतिगामी तत्वहरु सलवलाउन थाल्ने छन । नेपाली काँग्रेस एकताबद्द भएर जानु पर्छ । गुट उपगुटको अन्त्य हुन जरुरी छ । जनआन्दोलन २०४६ पछि कांग्रेसका शीर्ष नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले जुन किसिमले पार्टीलाई अघि बढाएका थिए । त्यसै किसिमले अहिले पनि पार्टी अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेताहरु एकजुट भएर अघि बढनु पर्छ । त्यसो भयो भने काँग्रेस बलियो हुन्छ । मुलुकको शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुयाउँदै संविधान जारी गर्ने देखि लिएर निर्वाचन गराउनेसम्मका काममा कांग्रेसको ठूलो भूमिका छ । यसका साथै कम्युनिष्ट विचार बोकेका दलहरूकै अजेन्डामा कांग्रेस नेतृत्व हिँडेका कारण कमजोर बनेको हो । अब यसले आफूलाई भिन्न ढंगले प्रस्तुत गर्नुपर्ने जरुरी देखिएको छ ।
नेपाली जनताले खोजेको शासन व्यवस्था अधिनायकवादी होइन ।

नेपाली जनताले निर्वा्चित गरेर पठाएको जथाभाबी गर्न र नागरिक स्वतन्त्रतालाई सीमित गर्नका निम्ति होइन । यो अवस्था सुनिश्चितताका निम्ति कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नु पछ । कांग्रेस आफैंले महसुस गर्नु पर्ने जरुरी छ । कांग्रेसले गत निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेन । यो बारे महासमितिको बैठकमा समिक्षा हुन जरुरी छ ।

दललाई दिशानिर्देश गर्न पार्टी सभापतिको ठूलो भूमिका हुन्छ । पार्टी सभापति शेर बहादुर देउवाले सवै नेता , कार्यकर्ताहरुलाई मिलाएर लैजान सक्ने क्षमता प्रस्तुत गर्नु पर्छ ।कांग्रेसमा गतिशीलता छैन । यो सत्य कुरा हो । अव कााग्रेसले गति दिनु पर्छ ।

वास्तवमा कांग्रेसभित्र बिगतको जस्तै जुझारुपन आवश्यक छ । मुलुकले हासिल गरेको राजनीतिक उपलब्धि रक्षाका निम्ति कांग्रेसले फेरि आफूलाई यो महासमिति बैठकपछि सक्रिय रूपमा अघि बढाउनु पर्छ । काँग्रेस कमजोर बन्यो भने लोकतन्त्र नै कमजोर हुने खतरा हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend